बृष :-भदौसम्म नोकरीमा रहेका समस्या समाधान हुनेछन् भने भाग्यले साथ दिने कारण थोरै परिश्रमले अधिक फाइदा कमाउन सकिनेछ । हरेक काममा असल मित्र र आफन्तको सहयोग रहनुका साथै पराक्रम समेत बढ्नेछ । अध्ययनको रुचीले शिक्षा क्षेत्रमा प्रगति हुनेछ । धन बढ्ने, उन्नति प्रगतिमा राम्रो जाँगर आउने। छोरा-छोरीबाट उपलब्धिपूर्ण काम हुने देखिन्छ भने त्यसपछी श्रीमती तथा कुटुम्बसँग विवाद पर्ने, अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय रहने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधपरी रहने देखिन्छ। राजनैतिक क्षेत्रमा विरोधीहरु सक्रिय रहने कारण अपमान सहनुपर्नेछ । ब्यापारमा नियमितता रहला । नयाँ सोच र नयाँ कार्यको शुभारम्भ यो वर्ष हुनेछ । भ्रमण र मनोरञ्जनका क्षेत्रमा खर्च वृद्धि हुनेछ । जेठ, असोज र माघ महिनामा झण्झट र विवाद हुनेछ ।

0 comments:

Post a Comment

 
Top