मेष :- भदौसम्म श्रीमती तथा कुटुम्बसँग विवाद पर्ने, अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय रहने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधपरी रहने भएता पनि त्यसपछी राजकीय सम्मान, सरकारी कर्मचारीबाट सहयोग राम्रो पाइने । स्वास्थ्य राम्रो रहने । जुनसुकै कार्यमा सफलता राम्रो पाइने । कुनै नयाँ व्रत, पर्व, उत्सवमा सहभागी हुन पाइने देखिन्छ। ब्यवसायिक क्षेत्रको लगानीबाट आर्थिक लाभमा बढोत्तरी हुनेछ ।
वौद्धिक क्षेत्रका काम बन्नेछन् भने आम्दानीमा समेत वृद्धि हुनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रबाट मानसम्मान पाइनेछ । नोकरीमा प्रशंसीय काम गर्नाले थप सुविधाका साथ प्रतिष्ठामा वृद्धि हुनेछ। प्रतिस्पर्धा एवं प्रतियोगितामा सफलताका साथ पुरस्कार हात पर्नेछ । साउन, कात्तिक र चैत महिना समस्या युक्त हुनेछन् ।


Next
Newer Post
Previous
This is the last post.

0 comments:

Post a Comment

 
Top